नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने  « Khabarhub

नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको ४८०औँ सञ्चालक समितिको बैठकले शेयरधनीलाई सात प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव विष्णुप्रसाद धितालका अनुसार इन्सुरेन्सले सात प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले उक्त बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि आगामी बस्ने साधारणसभाले पास गरेपछि वितरण गर्नेछ ।

बुधबारको अन्तिम मूल्य अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेकोको प्रतिकित्ता शेयर मूल्य ७४२ रुपैयाँ ४६ पैसा रहेको छ ।

एक वर्षको अवधिमा उक्त कम्पनीको शेयर उच्चतम् १ हजार ५० रुपैयाँ र न्यूनतम ७३५ रुपैयाँ सम्म पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १० : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका