शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत « Khabarhub

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचिकरण गरिएको छ ।  कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो ।

किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए। 

उनका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचिकरण गरिएको छ ।

आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरण कार्य गरिएको उनको भनाइ रहेको छ । 

‘सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ’ उनले भने, ‘सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार