कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ « Khabarhub

कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पटना- जम्मू-कश्मीरको पहलगाममा मंगलबार दिउँसो २६ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलापछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

उनले बिहीबार बिहारस्थित नेपाल-भारत सीमानजिकै मधुबनीमा पुगेर सार्वजनिक सम्बोधन गरेका हुन् ।

यस कार्यक्रममा पहलगाम आक्रमणलाई लिएर मोदीले कडा प्रतिक्रिया दिए । उनले भने, ‘हमला गर्ने आतंकवादीहरूलाई उनीहरूले कल्पना गरेकोभन्दा कडा सजाय मिल्नेछ ।’

मधुबनीमा राष्ट्रिय पञ्चायती राज दिवस कार्यक्रममा मोदीले आफ्नो भाषणअघि हमलामा मारिएका सर्वसाधरणको स्मरणमा दुई मिनेट मौनधारणको कार्यक्रम राखे ।

उनले अंग्रेजीमा भने, ‘आज बिहारको धर्तीबाट विश्वलाई भारत हरेक आतंकवादीको पहिचान गरेर, खोजेर सजाय दिन तयार रहेको सन्देश विश्वलाई दिन चाहन्छु । उनीहरूलाई समर्थन दिनेलाई पनि दण्डित गर्ने छौँ । उनीहरूलाई पृथ्वीको अन्तिम कुनासम्म खोज्ने छौँ । आतंकवाद कहिल्यै भारतको आत्मालाई तोड्न सक्नेवाला छैन ।’

उनले आतंकवादलाई सजाय नदिई नछाडिने बताए । न्यायका लागि जुनसुकै प्रयास गरिने पनि उनले बताए । पूरै देश यस संकल्पमा खडा रहेको उनको जिकिर थियो । मानवतामा विश्वास राख्ने हरेक मानिस आफ्नो साथमा रहेको उनको तर्क थियो ।

‘आतंकवादीहरूले निर्दोष देशवासीलाई जुन क्रुर शैलीमा मारेका छन्, त्यसबाट सिंगो देश दुखी छ । यस आतंकवादी हमलामा कसैले आफ्नो छोरो, कसैले छोरी गुमाएका छन् । कसैले आफ्नो भाइ गुमाएका छन, कसैले आफ्ना जीवनसाथी गुमाएका छन् । ती सबै पीडितको पक्षमा देश उभिएको छ’, उनले भने ।

उनले यस आक्रमण केबल निहत्था नागरिकमाथि मात्रै नभएर सिंगो भारतमाथि भएको टिप्पणी गरेका छन् । देशका दुष्मनले भारतको आत्मामै धावा बोलेको उनले बताए । ‘म स्पष्ट शब्दमा भन्दैछु, जसले यो हमला गरेका छन्, ती आतंकवादी र यस आक्रमणको योजना बनाउनेमाथि उनीहरूले कल्पना गरेभन्दा कडा सजाय मिल्नेछ’, उनले भने ।

उनले अब आतंकवादीहरू बसेको जमीनलाई पनि माटोमा मिलाउने समय आएको बताए । उनले १४० करोड भारतीयको इच्छा शक्ति अब आतंकवादी कम्मर तोड्न एकजुट भइसकेको पनि बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  २ : ०१ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले