तुलसीपुरमा जग्गा नापनक्सांकन फेरि सुरु « Khabarhub

तुलसीपुरमा जग्गा नापनक्सांकन फेरि सुरु


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासको जग्गा नाप नक्सांकनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो ।

तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्सांकन सम्पन्न भएको बताए। उनका अनुसार वडा नं ६ मा करिब ७५ प्रतिशत नाप नक्सांकनको काम सकिएको छ । 

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्यनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए। अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्सांकनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए। जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाउँपालिकामा जङ्गल  क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए। 

उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारी दिए । भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने उनी बताउँछन् ।
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना