कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी « Khabarhub

कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा कर्णालीका पाँच जिल्लाका डीएसपी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । 

कर्णाली प्रदेश डोल्पा, जुम्ला, दैलेख, जाजरकोट प्रहरी प्रमुख र सुर्खेतका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी फेरिएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार उनीहरूलाई सरुवा गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भए पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काज सरुवा गरिएको हो । उनको ठाउँमा गणेशबहादुर बराल आएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख हरिकृष्ण केसीको सरुवा भएको छ । उनको ठाउँमा डा.हेमबहादुर केसी आएका छन् । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रहेका निरञ्जन भट्टराई पनि सरुवा भएको छ । उनी केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका हुन् । उनको ठाउँमा पुरुषोत्तमप्रसाद पाण्डे आएका छन् ।
 
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी रहेका डिएसपी वीरन्द्रवीर विश्वकर्माको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएका हुन् । उनको ठाउँमा मोहनजंग बुढाथापा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका छेदीलाल कामतीको पनि सरुवा भएको छ । उनको ठाउँमा रबिजबाबु रेग्मी आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ४४ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ