शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफद्वारा एभरेष्ट पराजित « Khabarhub

शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफद्वारा एभरेष्ट पराजित


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी आठौँ शेरबहादुर स्मृति महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले एभरेष्ट क्लबलाई पराजित गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपीएफले  एभरेष्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले एभरेष्टलाई २५–१९, २५–१५ र २५–१० ले हराएको हो । 

त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा आर्मीले पनि एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । 

आर्मीले एभरेस्टलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सेमिफाइनलमा एपीएफ क्लबले न्युडाइमण्ड क्लब र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसंग खेल्ने छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । जस अन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । 

विजेताले ४ लाख ९९ हजार र  उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ०३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ