शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफद्वारा एभरेष्ट पराजित « Khabarhub

शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफद्वारा एभरेष्ट पराजित


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी आठौँ शेरबहादुर स्मृति महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले एभरेष्ट क्लबलाई पराजित गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपीएफले  एभरेष्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले एभरेष्टलाई २५–१९, २५–१५ र २५–१० ले हराएको हो । 

त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा आर्मीले पनि एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । 

आर्मीले एभरेस्टलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सेमिफाइनलमा एपीएफ क्लबले न्युडाइमण्ड क्लब र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसंग खेल्ने छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । जस अन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । 

विजेताले ४ लाख ९९ हजार र  उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ०३ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी