‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिसन ०८४ मा लागिसक्यो’ « Khabarhub

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिसन ०८४ मा लागिसक्यो’


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले सरकार जान्छ जान्छ भनेर नचाहिँदो हल्ला गरेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई छोटो सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले विरोधीहरू सरकार जान्छ जान्छ जान्छ भन्न थालेका छन् । लोकतन्त्रमा हामीलाई सरकार स्थिर चाहिन्छ । त्यहीअनुसार हामी मिलेर व्यवस्थालाई बलियो बनाउन लागिरहेका छौँ’, उनले भने, ‘चिन्ता सरकारको गर्ने, हामी होइन चुनाव हेर्ने हो । हामीले मिसन ०८४ भनिरहेका छौँ । अब तपाईंहरू सबैजना मिसन ०८४ मा लाग्नुस् ।’

उनले आफूहरूले अहिलेको संसद्को बनावट अनुसार सकेसम्म सरकारमा रहेर देशलाई अघि बढाउन खोजेको बताए । ‘सरकार चलाउने जे गर्ने हामी गरिरहेका छौँ । संसद्को बनावट अनुसार ठीक ढंगले देश अघि लैजाने कुरामा ध्यान दिएका छौँ’, उनले भने, ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अब तपाईंहरू लाग्नुस् । एमालेलाई कमजोर बनाउन अनेक प्रयास भइरहेका छन्, जनमत फुटाउने प्रयास भइरहेका छन् । त्यसविरुद्ध सबै जुट्नुस् ।’

अर्को प्रसंगमा ओलीले जनताको बलिदाको अपमान गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मजाक उडाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले बिहीबार आयोजना गरेको ‘युथ सेलिब्रेशन’ समारोह सम्बोधन गर्दै उनले राजावादीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएका हुन् ।

‘देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले देखिने, सुनिने र बुझिने गरी युवाले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्नेमा जोड दिए ।

‘अब युवाहरूले यस्ता कुराहरुलाई देखिने गरी, सुनिने गरी, बुझिने गरी अस्वीकार गर्न आँट गर्नुपर्दछ, उनले भने, ‘र, यस्ता कुराहरुलाई अस्वीकार गर्दै लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले विगतमा राजतन्त्रमा रहेको राजाको जेठो छोरा राजा हुने प्रचलनलाई पाखण्डी सिद्धान्तको संज्ञासमेत दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ५६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र