सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ  | Khabarhub Khabarhub

सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेका छन् । 

शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, जितेन्द्र तिमिल्सिना (आर.आर .क्याम्पस इकाई सभापति), सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल बिष्ट रहेका छन् । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शान्तिपूर्ण प्रदर्शन आफूहरूको अधिकार भएको भन्दै दमनको जवाफ आन्दोलनले दिने बताए । उनले पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइ नभएसम्म संघर्ष नरोकिने पनि बताए । 

‘शिक्षा ऐन, विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्नुपर्ने, शिक्षामा अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने, शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्ने विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाउँदा साथीहरूलाई गिरफ्तार गर्नु निन्दनीय र अलोकतान्त्रिक कार्य हो,’ उनले भने । 

प्रवक्ता सेजुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक हस्तक्षेप, निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईमाथिको अवरोध र विश्वविद्यालयको स्वायत्ततामाथिको हमलाविरुद्ध बालुवाटार अगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल बिनासर्त रिहाइ गरिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : १३ बजे

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून