सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ  « Khabarhub

सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेका छन् । 

शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, जितेन्द्र तिमिल्सिना (आर.आर .क्याम्पस इकाई सभापति), सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल बिष्ट रहेका छन् । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शान्तिपूर्ण प्रदर्शन आफूहरूको अधिकार भएको भन्दै दमनको जवाफ आन्दोलनले दिने बताए । उनले पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइ नभएसम्म संघर्ष नरोकिने पनि बताए । 

‘शिक्षा ऐन, विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्नुपर्ने, शिक्षामा अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने, शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्ने विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाउँदा साथीहरूलाई गिरफ्तार गर्नु निन्दनीय र अलोकतान्त्रिक कार्य हो,’ उनले भने । 

प्रवक्ता सेजुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक हस्तक्षेप, निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईमाथिको अवरोध र विश्वविद्यालयको स्वायत्ततामाथिको हमलाविरुद्ध बालुवाटार अगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल बिनासर्त रिहाइ गरिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : १३ बजे

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर

व्यवसायीहरू भन्छन् : यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ

काठमाडौं – यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने