लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुन्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुन्छ : उपप्रधानमन्त्री सिंह


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुने बताएका छन् । 

प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता -२०८२ को बिहीबार सातदोबाटोस्थित कराँते एकेडेमी हलमा उद्‌घाटन गर्दै उनले खेल र खेलाडीका लागि पनि लोकतन्त्र महत्वपूर्ण रहेको बताए। यल सितोरियो कराँते डो मंगलबजारले प्रतियोगिता आयोजना गरेको हो । 

‘नयाँ पिँढीले लोकतन्त्र भएमात्र खेलाडीको हित हुन्छ भन्ने बुझ्नुपर्छ । ०४६ सालभन्दा अगाडि मार्सलआर्ट सेना र  प्रहरीले मात्र खेल्न पाउँथ्यो, नागरिकले पाउँदैन थिए,’ उनले भने, ‘म आफू विद्यार्थी हुँदा इच्छा भएपनि खेल्न पाइँदैनथ्यो । नागरिकलाई प्रतिबन्धजस्तै थियो । अहिले कतिपयले लोकतन्त्र आएर के भयो र ? भन्ने गरेको भन्दै  सबैले आफ्नो इच्छाअनुसारको खेल खेल्न पाउने अधिकार लोकतन्त्र आएपछि  नै सुरक्षित भएको बुझ्न आग्रह गरे।’ 

खेलले स्वस्थ नागरिक बनाउने र तत्काल निर्णय गर्ने क्षमताको विकास हुने भन्दै उनले आफ्नो रूचीअनुसारको खेलमा सहभागि हुनु राम्रो हुने बताए। बिहिबारबाट सुरु भएको खेल तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना