लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुन्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुन्छ : उपप्रधानमन्त्री सिंह


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुने बताएका छन् । 

प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता -२०८२ को बिहीबार सातदोबाटोस्थित कराँते एकेडेमी हलमा उद्‌घाटन गर्दै उनले खेल र खेलाडीका लागि पनि लोकतन्त्र महत्वपूर्ण रहेको बताए। यल सितोरियो कराँते डो मंगलबजारले प्रतियोगिता आयोजना गरेको हो । 

‘नयाँ पिँढीले लोकतन्त्र भएमात्र खेलाडीको हित हुन्छ भन्ने बुझ्नुपर्छ । ०४६ सालभन्दा अगाडि मार्सलआर्ट सेना र  प्रहरीले मात्र खेल्न पाउँथ्यो, नागरिकले पाउँदैन थिए,’ उनले भने, ‘म आफू विद्यार्थी हुँदा इच्छा भएपनि खेल्न पाइँदैनथ्यो । नागरिकलाई प्रतिबन्धजस्तै थियो । अहिले कतिपयले लोकतन्त्र आएर के भयो र ? भन्ने गरेको भन्दै  सबैले आफ्नो इच्छाअनुसारको खेल खेल्न पाउने अधिकार लोकतन्त्र आएपछि  नै सुरक्षित भएको बुझ्न आग्रह गरे।’ 

खेलले स्वस्थ नागरिक बनाउने र तत्काल निर्णय गर्ने क्षमताको विकास हुने भन्दै उनले आफ्नो रूचीअनुसारको खेलमा सहभागि हुनु राम्रो हुने बताए। बिहिबारबाट सुरु भएको खेल तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ५१ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा