प्रकाशमानले भने : लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ | Khabarhub Khabarhub

प्रकाशमानले भने : लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हित हुने बताएका छन् ।

यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राणाशासन र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताए ।

“नेपालको खेलकुदमा नयाँ पुस्ताले लोकतान्त्रिक व्यवस्थामा भएको महत्वपूर्ण व्यवस्थालाई भुल्नुहुँदैन, लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीको हित भएको देखिन्छ, विसं २०४६ अगाडि मार्सल आर्टका खेल नेपाली सेना र प्रहरीले मात्रै खेल्न पाउथे, सर्वसाधारणले खेल्न पाउने अवसर नै थिएन, लोकतन्त्र आएपछि मात्रै खेलाडी र खेलकुदको विकासमा काम भएको हो”, उपप्रधानमन्त्री सिंहले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरुले विकसित मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण पदक दिलाउन सकेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । “उहाँले स्रोतसाधनका साथ अवसर दिने हो भने नेपाली खेलाडीहरुले विश्वस्तरमा प्रतिस्पर्धा गरेर उत्कृष्ट स्थान हासिल गर्न सक्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले यस्ता प्रतियोगिताहरुले खेल र खेलाडीहरुको सम्मान र प्रोत्साहन हुने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकामना व्यक्त गरे ।

नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङले कराते खेल खेलाडीहरुको क्षमता बढाउने मात्रै नभई आत्मरक्षा गर्न सक्षम बनाउने खेल भएको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : ०१ बजे

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको