शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : गगन थापा | Khabarhub Khabarhub

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : गगन थापा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए ।

पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिएका हुन् ।

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उgले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उनको विचार थियो ।

शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो । कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्दै उनले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताए ।

कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिए । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताए । वर्तमान सरकार सुशासन र संविधान संशोधनकै लागि गठन भएकाले यसमा ठोस काम हुने बताए।

सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायले नागरिकका विचारसँग कांग्रेसका विचार मेल खायो कि खाएन भनी विश्लेषण गर्ने समय आएको बताइन् । लोकतन्त्र दिवसका अवसरमा पार्टीले यसको सही मूल्याङ्कन गरिनुपर्नेमा उनको जोड थियो ।

राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस बलियो बनाउन यसका हरेक सदस्यले आफू क्रियाशील रहेको तहका नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताए ।

सबैको कुरा सुनेर आफू निर्णय गर्न सक्ने नेतृत्वको आवश्यकता कांग्रेसमा रहेको उनको भनाइ थियो । कार्यक्रममा संवाद केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराई, सदस्य जनकराज गिरी र डा लता घिमिरेलगायतले लोकतन्त्र स्थापना भएको १९ वर्ष पुगिसक्दा पनि नागरिकले गरेका आशा पूरा नभएकाले नेतृत्व सच्चिनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : १८ बजे

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको