ज्यान मार्ने धम्की पाएका सलमानको घरमा जब दुई अपरिचित छिरे… « Khabarhub

ज्यान मार्ने धम्की पाएका सलमानको घरमा जब दुई अपरिचित छिरे…


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान पछिल्लो समय असुरक्षित बनेका छन् । उनलाई विभिन्न चरणमा ज्यान मार्ने धम्की आइरेहको छ ।

उनलाई आएको ज्यान मार्ने धम्कीको सन्देश भारतको कुख्यात लरेन्स बिश्नोई गिरोहबाट आएको प्रहरीले बताउँदै आएको छ ।

२०२४ अप्रिल १४ मा सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलेको थियो । त्यस घटनामा मानवीय क्षति भने भएन ।

गोली चलेपछि भारत सरकारले सलमानको सुरक्षा बढाएको छ । सोहीकारण उनलाई फिल्म छायाङ्कनमा निस्कन कठिनाइ भइरहेको छ ।

अहिले फेरि सलमानको घरमा दुई अपरिचित व्यक्तिले प्रवेश गरेको खबर बाहिरिएको छ । ती व्यक्तिहरु छुट्टा छुट्टै दिनमा सलमानको घरमा पसेका हुन् ।

यसरी घरमा प्रवेश गर्न एक पुरुष र महिलालाई बान्द्रा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने पुरुष छतिसगढका २३ वर्षीय जितेन्द्रकुमार सिंह हुन् ।

अपार्टमेन्टका सुरक्षा गार्डले जितेन्द्रलाई बिहान ९:४५ मा सलमानको घर वरपर शंकास्पद रुपमा घुमिरहेको भेट्याएका थिए । शंकास्पद लागेर गार्डहरुले सोधपुछ गर्दा उनले मोबाइल फुटाएर रिस देखाएका थिए । त्यसपछि गार्डहरु फिर्ता भएका थिए ।

उनै जितेन्द्र सोही दिन साँझ ७:१५ मा एक कारको पछाडि लुकेर अपार्टमेन्ट परिसरमा प्रवेश गरेपछि सुरक्षा गार्डले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

जितेन्द्रलाई नियन्त्रणमा लिएकोभन्दा अघिल्लो दिन सोमबार यस्तै केसमा ३६ वर्षीया इशा छाबरा पक्राउ परेकी थिइन् ।

सलमान खानले निमन्त्रणा दिएर आएको भन्दै उनी अपार्टमेन्ट जबरजस्ती छिर्न खोजेकी थिइन् । उनलाई पनि प्रहरीको जिम्मा लगाइएको हो । सलमानको परिवारले झुट बोलेको बताएको छ । ती महिलाको अन्य विवरण भने गोप्य नै राखिएको छ ।

उनीहरुको अपार्टमेन्टमा छिर्ने प्रयासलाई बान्द्रा प्रहरीले सलमानमाथि आएको ज्यान लिने धम्कीसँग जोडेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ५४ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम