ज्यान मार्ने धम्की पाएका सलमानको घरमा जब दुई अपरिचित छिरे… « Khabarhub

ज्यान मार्ने धम्की पाएका सलमानको घरमा जब दुई अपरिचित छिरे…


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान पछिल्लो समय असुरक्षित बनेका छन् । उनलाई विभिन्न चरणमा ज्यान मार्ने धम्की आइरेहको छ ।

उनलाई आएको ज्यान मार्ने धम्कीको सन्देश भारतको कुख्यात लरेन्स बिश्नोई गिरोहबाट आएको प्रहरीले बताउँदै आएको छ ।

२०२४ अप्रिल १४ मा सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलेको थियो । त्यस घटनामा मानवीय क्षति भने भएन ।

गोली चलेपछि भारत सरकारले सलमानको सुरक्षा बढाएको छ । सोहीकारण उनलाई फिल्म छायाङ्कनमा निस्कन कठिनाइ भइरहेको छ ।

अहिले फेरि सलमानको घरमा दुई अपरिचित व्यक्तिले प्रवेश गरेको खबर बाहिरिएको छ । ती व्यक्तिहरु छुट्टा छुट्टै दिनमा सलमानको घरमा पसेका हुन् ।

यसरी घरमा प्रवेश गर्न एक पुरुष र महिलालाई बान्द्रा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने पुरुष छतिसगढका २३ वर्षीय जितेन्द्रकुमार सिंह हुन् ।

अपार्टमेन्टका सुरक्षा गार्डले जितेन्द्रलाई बिहान ९:४५ मा सलमानको घर वरपर शंकास्पद रुपमा घुमिरहेको भेट्याएका थिए । शंकास्पद लागेर गार्डहरुले सोधपुछ गर्दा उनले मोबाइल फुटाएर रिस देखाएका थिए । त्यसपछि गार्डहरु फिर्ता भएका थिए ।

उनै जितेन्द्र सोही दिन साँझ ७:१५ मा एक कारको पछाडि लुकेर अपार्टमेन्ट परिसरमा प्रवेश गरेपछि सुरक्षा गार्डले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

जितेन्द्रलाई नियन्त्रणमा लिएकोभन्दा अघिल्लो दिन सोमबार यस्तै केसमा ३६ वर्षीया इशा छाबरा पक्राउ परेकी थिइन् ।

सलमान खानले निमन्त्रणा दिएर आएको भन्दै उनी अपार्टमेन्ट जबरजस्ती छिर्न खोजेकी थिइन् । उनलाई पनि प्रहरीको जिम्मा लगाइएको हो । सलमानको परिवारले झुट बोलेको बताएको छ । ती महिलाको अन्य विवरण भने गोप्य नै राखिएको छ ।

उनीहरुको अपार्टमेन्टमा छिर्ने प्रयासलाई बान्द्रा प्रहरीले सलमानमाथि आएको ज्यान लिने धम्कीसँग जोडेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ५४ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु