आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ मे २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीभाइ दाहिना भएकाले मन खुशी रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सञ्चित धन खर्च हुनेछ। खर्च बढ्दा मनमा चिन्ता बढ्नेछ। तपाईंको बोलीले आफन्त टाढिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आज तपाईंको आम्दानी बढ्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्ने बानीको त्याग गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त होला। साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ।

सिंह : तपाईंले सोचेका काममा अवरोध सिर्जना हुनेछ। अढैया शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : आफूले सोचेको काम नबन्ने जोखिम छ। सामाजिक क्षेत्रमा अपमानित भएको महसुस हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ।

तुला : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्नेछ। परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा समस्या हुने जोखिम छ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शेयर कारोबारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : दिन राम्रो छ। दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ। आफ्नो गलत निर्णयले पश्चाताप हुनेछ। मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। तपाईंको राशिमा शनिदेव रहेकाले बोल्दा सचेत बन्नुपर्नेछ। अशान्त मनलाई नियन्त्रण गर्न धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०२ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा