निप्पन र युएस स्टिलको सहकार्य : ७० हजारले रोजगारी पाउने « Khabarhub

निप्पन र युएस स्टिलको सहकार्य : ७० हजारले रोजगारी पाउने


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निप्पन स्टिल र युएस स्टिलबीच सहकार्य हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी गराउँदै यसको राजधानी पिटरबर्गमा रहने बताए। यसले अमेरिकी अर्थतन्त्रमा थप १४ अर्ब अमेरिकी डलर लगानी हुने तथा ७० हजार रोजगारीको बाटो खुल्ने उनको भनाइ छ।

ट्रम्पले अर्को साता स्टिल प्लान्टको भ्रमण गर्ने छन्। यो सम्झौता पहिलो पटक सन् २०२३ को डिसेम्बरमा भएको थियो। सो समयदेखि विभिन्न आन्तरिक तथा बाह्य राजनीतिका कारण विवाद भने आइरहेको थियो। ट्रम्पले अमेरिकी स्टिल विदेशी कम्पनीको निगरानीमा नरहने बताउँदै आफ्नै लगानी हुने बताए।

अप्रिल महिनामा अमेरिकामा विदेशी कम्पनी भित्रिएपछि सुरक्षामा असर गर्ने भन्दै ट्रम्प प्रशासनमा उजुरी परेको थियो। बुधवार नै रोयटर्सले अमेरिकामा निप्पन स्टिलले १४ अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको थियो। यसमा चार अर्ब अमेरिकी डलर नयाँ मिल बनाउनका लागि भएको समेत उल्लेख थियो।

सन् १९०१ मा स्थापित युएस स्टिल अमेरिकामा आर्थिक र औद्योगिक विकासको एउटा बिम्ब नै मानिन्छ । यो एक अर्ब अमेरिकी डलर सम्पत्ति हुने विश्वकै पहिलो उद्योग भएको जनाइन्छ। दोस्रो विश्व युद्धपछिको समयमा भने यसको प्रभाव घटेको छ। यो अमेरिकाको सबै भन्दा ठुलो स्टिल कम्पनी रहन सकेन। यसमा १४ हजार कामदार छन्। यी मध्यका ११ हजार मजदुर सङ्गठनका सदस्य छन्।

अमेरिकी स्टिलले शुक्रबार नै राष्ट्रपति ट्रम्पलाई बोल्ड तथा महान् नेता भन्दै अमेरिकामा नै धेरै लगानी भित्रिएर युएस स्टिल फेरि संसारको पायनियर उद्योग बन्ने सम्भावना रहेको बताएको छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : २२ बजे

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको