वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित « Khabarhub

वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत शुक्रबार राति भएको खेलमा ओमानले क्यानडालाई हराएको छ। वर्षाले प्रभावित खेलमा ओमानले क्यानडालाई डकवर्थ लुइसको आधारमा १८ रनले हराएको हो।

क्यानडाले दिएको २१३ रनको लक्ष्य पछ्याएको ओमानले वर्षाका कारण खेल रोकिँदा २३.१ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन जोडेको थियो।

ओमानका हम्मद मिज्राले अविजित ३१ रन जोडे। मुजिबर अलि २३ रनमा अविजित रहे। कप्तान जतिन्दर सिंहले २७ रन बनाए।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ८ बल बाँकी रहँदा नै सम्पूर्ण विकेट गुमाउँदै २१२ रनको योगफल खडा गरेको हो। क्यानडाका लागि कप्तान नरभवित धालिवालले अभिजित ७३ तथा मनसाब घिलले ५९ रन जोडे।

ओमानका सकिब अहमद, मुजिबर अलि र मोहम्मद नदिमले समान दुईदुई विकेट लिए। तालिकामा ओमान १९ खेलमा २४ अङ्क सहित दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स २० खेलमा २६ अङ्क सहित शीर्ष स्थानमा छ।

स्कटल्यान्ड १६ खेलमा २० अङ्क सहित चौथौँ तथा क्यानडामा १९ खेलमा २० अङ्क सहित पाँचौँ स्थानमा छन्। नामिबिया २० खेलमा १४ अङ्क सहित छैटौँ तथा युएई १६ मा ६ अङ्क सहित सातौँ स्थानमा छन्। आठौँ स्थानमा रहेको नेपालको १२ खेलमा ६ अङ्क मात्र छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४१ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा