वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित « Khabarhub

वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत शुक्रबार राति भएको खेलमा ओमानले क्यानडालाई हराएको छ। वर्षाले प्रभावित खेलमा ओमानले क्यानडालाई डकवर्थ लुइसको आधारमा १८ रनले हराएको हो।

क्यानडाले दिएको २१३ रनको लक्ष्य पछ्याएको ओमानले वर्षाका कारण खेल रोकिँदा २३.१ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन जोडेको थियो।

ओमानका हम्मद मिज्राले अविजित ३१ रन जोडे। मुजिबर अलि २३ रनमा अविजित रहे। कप्तान जतिन्दर सिंहले २७ रन बनाए।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ८ बल बाँकी रहँदा नै सम्पूर्ण विकेट गुमाउँदै २१२ रनको योगफल खडा गरेको हो। क्यानडाका लागि कप्तान नरभवित धालिवालले अभिजित ७३ तथा मनसाब घिलले ५९ रन जोडे।

ओमानका सकिब अहमद, मुजिबर अलि र मोहम्मद नदिमले समान दुईदुई विकेट लिए। तालिकामा ओमान १९ खेलमा २४ अङ्क सहित दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स २० खेलमा २६ अङ्क सहित शीर्ष स्थानमा छ।

स्कटल्यान्ड १६ खेलमा २० अङ्क सहित चौथौँ तथा क्यानडामा १९ खेलमा २० अङ्क सहित पाँचौँ स्थानमा छन्। नामिबिया २० खेलमा १४ अङ्क सहित छैटौँ तथा युएई १६ मा ६ अङ्क सहित सातौँ स्थानमा छन्। आठौँ स्थानमा रहेको नेपालको १२ खेलमा ६ अङ्क मात्र छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४१ बजे

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद