म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु | Khabarhub Khabarhub

म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो ।

शुक्रवार धार्मिक विधि पूर्वक पूजाआजासहित गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गरे ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन गरेको दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।

मातृभूमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।

दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनकाअनुसार नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताव पेस गरिएको छ ।

गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो ।

‘करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निःशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरवको योजना अघि बढाएका हौँ,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने ।

यसवर्ष भवनको जग बसालेर स्ट्रक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताए । तीन तलामा ३३ वटा कोठा र सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माणका लागि जग्गा सम्याएर  जग बसाउने काम सुरु भएको उनले जानकारी दिए । निर्माण व्यवसायीले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्तसँगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।

रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । करोडौँ मूल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि निःशुल्क उपलब्ध भएपछि दुई वर्षअघि गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय भवनबाट सेवाप्रवाह गर्दै आएको छ ।

बहुउद्देश्यीय भवनलाई कर्मचारी आवास गृहको रूपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गा धनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरिएको थियो । जग्गा व्यवस्थापनकार्य विधिअनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गा धनीलाई छ रोपनी जग्गा घडेरीको रूपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरिपरि आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ । (रासस)

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ५८ बजे

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै

अर्थमन्त्री र मन्त्रालयका सचिवको अमेरिका भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि

कनकमणिको टिप्पणी : नेपालको इतिहासमा यति ठूलो विनाश कहिल्यै भएको थिएन

काठमाडौं- वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गते

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको