‘मलेरिया पारा साइट’ कारण संसारमा हरेक ६ लाख जनाको ज्यान जाने गरेको छ। यसरी ज्यान गुमाउनेमा धेरै जसो बालबालिका रहने गरेका छन्। यो रोग संसारकै लागि चासोको विषय हो। साथै त्यत्तिकै चिन्ताको विषय पनि हो। यसको निराकरण रोकथामका लागि धेरै अभ्यास भएका छन्। अहिलेसम्म लामखुट्टे मार्ने विधि धेरै प्रयोग भएको छ। अब नयाँ प्रयोग सुरु भएको छ। यसको परीक्षण पनि भइरहेको छ। लामखुट्टे होइन, त्यसमा रहेको मलेरियाको रोगलाई मारियो भने यो निर्मूल हुने तथा जोखिम पनि कम हुने केही अध्ययनले देखाएका छन्।
लामखुट्टेले झुलमा खुट्टाले टेकेर मानिसलाई टोक्ने गर्छ। झुलमा नै दुई थरी औषधीको प्रयोग भएमा लामखसट्टेले टोकेमा या त्यस औषधीको सम्पर्कमा आएका त्यस भित्र रहेको मलेरियाको कीटाणु मर्ने गर्छ। जसका कारण लामखुट्टेको टोकाइले मलेरिया सर्ने जोखिमलाई कम गराउँछ।
झुलको राम्रोसँग प्रयोग नै मलेरियाबाट बच्ने सबै भन्दा राम्रो उपाय मानिन्छ। मलेरिया सार्ने लामखुट्टेले रातकै समयमा धेरै टोक्ने गर्छन्। मलेरियाको उच्च जोखिम भएको स्थानमा भ्याक्सिन लगाउन पनि चिकित्सकले सिफारिस गर्ने गरेका छन्। झुल दुवै उपायका लागि काम लाग्ने गरेको छ। यसले एउटा भौतिक रूपमा लामखुट्टेका लागि टोक्न समस्या पैदा गर्छ। अहिले इन्सेक्टोसाइडको प्रयोग हुने गरेको छ। जसले लामखुट्टेलाई मारेर त्यही झार्ने गरेको हुन्छ।

पछिल्लो समय इन्सेक्टोसाइडलाई सामना गर्ने लामखुट्टेको क्षमता विकास हुँदै गएका कारण यो शैली कम लाभदायक भएको हो। हवर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डा. अलेक्जेन्डर प्रोब्सटले पछिल्लो अध्ययन भन्दा अघि पारा साइट मार्ने योजना नभएर सिधै लामखुट्टे नै मार्ने योजना भएको बताएकी छिन्।
लामखुट्टेलाई मलेरियाको सङ्क्रमण भएको समयमा यसको कमजोर स्थान पत्ता लगाउनका लागि वैज्ञानिकले लामो समयको अध्ययन गरेका थिए। यसपछि धेरै सम्भाव्य औषधीबाट २२ वटा सर्ट लिस्टेड गरेका थिए। मलेरियाको कीटाणु भएको पोथी लामखुट्टेलाई रगत जन्य खाने कुरा दिएर यसको परीक्षण गरिएको थियो।
नेचर म्यागेजिनमा प्रकाशित उनीहरूको आर्टिकलमा अहिले पुष्टि भएका दुई औषधी पारा साइट मार्नका लागि शतप्रतिशत उपयोगी भएको छ। झुलसँग मिल्दो जुल्दो अन्य स्थानमा यसको परीक्षण गरिएको थियो। डा. प्रोब्सटका अनुसार झुलमा लामखुट्टे सम्पर्कमा आएपछि या बाँचे पनि यसमा रहेको पारा साइट तत्काल मर्ने भएका कारण मलेरिया भने सर्दैन।
यो औषधी झुलमा लगाएको एक वर्षसम्म काम दिनसक्छ। यो इन्सेक्टेसाइडको सधैँका लागि विकल्पका रूपमा स्थापित पनि हुनसक्छ। ल्याबको परीक्षणपछि यसको पहिलो वास्तविक प्रयोग इथोइपियामा हुने भएको छ। त्यहाँका झुलमा यो जडान गरिने छ। यसको पूर्ण अध्ययन हुन अझ ६ वर्ष लाग्ने छ। यस बीचमा सम्पूर्ण अध्ययन हुने छन्।

संसारमा मलेरियाको प्रभाव
सिडिसीले विगतमा प्रकाशित गरेको रिपोर्ट अनुसार सन् २०२२ मा एकै वर्ष ६ लाख ८ हजार जना मानिसको मलेरियाको कारण ज्यान गएको थियो। यो मध्य सब सहारा क्षेत्रमा यो रोगको असर सबै भन्दा धेरै थियो। सन् २०१० देखि सन् २०२० सम्ममा मलेरियाको मृत्यु दर ३६ प्रतिशतले घटेको थियो।
सबै भन्दा बालबालिकामा यसको असर हुन्छ। उनीहरूमा मलेरियाको सामना गर्ने इम्युनिटीको विकास भइसकेको हुँदैन। साथमा गर्भवतीमा पनि यसको जोखिम बढी हुन्छ। उनीहरूमा इम्युनिटी कमजोर हुने भएकाले जोखिम हुन्छ।
संसारमा ८५ देश मलेरियाको धेरै जोखिममा छन्। यी सबै देशमा गरेर आधा जनसङ्ख्या जोखिममा बाँचेका छन्।
इतिहासमा यो रोग
मलेरिया इथोइपियामा पहिलो पटक इसा पूर्व ३२०० देखि १३०४ को बीचमा इजिप्टमा पहिलो पटक मलेरिया पत्ता लागेको थियो। भारतीय वैदिक कालमा यसलाई रोगको राजा पनि भन्ने गरिन्थ्यो।

युरोपमा भने पहिलो शताब्दीमा अफ्रिकाको घना जङ्गलबाट रोममा प्रवेश गरेको विश्वास गरिन्छ। त्यसपछि ग्रिस हुँदै युरोपका अन्य देशमा समेत फैलिएको अनुमान छ। अहिले संसारमा धेरै रोगको विकास भएका छन्। मलेरियाको भने औषधी उपचारमा विकास भएको छ। परापूर्व कालमा यसको असर कत्तिसम्म थियो भने धेरै गृहयुद्ध भइरहेको समयमा सेनामा यसको सङ्क्रमण फैलिएर हजारौँमा एकै पटक असर गरेको समेत इतिहास छ।
दक्षिण एसियामा नै मलेरियाको असर धेरै छ। सम्भवतः अफ्रिकापछि मलेरियाको सबै भन्दा बढी असर भएको क्षेत्र दक्षिण पूर्वी एसिया र दक्षिण एसिया हो। विश्व स्वास्थ्य सङ्गठनकै अनुसार दक्षिण एसियामा वार्षिक एक लाख २५ हजार जनाको ज्यान मलेरियाकै कारण जाने गरेको छ।
दक्षिण पूर्वी एसियाको अवस्था अझ धेरै विकराल छ। इन्डोनेसिया र भारतमा यसको अझ बढी रहेको जनाइन्छ। भारतको दक्षिणी भागमा तापक्रम अझ बढी भएका कारण जोखिम पनि बढेको हो।

इतिहासदेखि धेरै सङ्क्रामक मानिएको मलेरियाको उपचार पद्धतिमा धेरै विकास भएको छ। पछिल्लो उपचार पद्धति धेरै बच्चाको ज्यान जोगाउन एउटा टर्निङ प्वाइन्ट हुन सक्छ। यसका लागि केही वर्ष भने कुर्नै पर्ने हुन्छ।
स्रोतः बिबिसी, सिडिसी, नेशनल इन्स्टिच्युट अफ हेल्थ
प्रतिक्रिया