कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा  ‘के घर के डेरा : घर नम्बर २’ | Khabarhub Khabarhub

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा  ‘के घर के डेरा : घर नम्बर २’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा पारेको प्रभाव चित्रण गरिएको चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ हलहरूमा चलिरहेको छ ।

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह, सिर्जना नापित, प्रकाश घिमिरे लगायतले अभिनय गरेको मल्टिस्टार चलचित्रमा सम्पूर्ण घरबेटी र घर भाडामा बस्नेले आफूलाई कुनै न कुनै हिसाबमा महसुस गर्न सक्ने चलचित्रका कार्यकारी निर्माता युवराज कार्कीले बताए ।

नाकाबन्दी, कोभिड– १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, बस दुर्घटना, एक व्यवसायीले बानेश्वरमा गरेको आत्मदाह, मिटरब्याज, अश्लील सामग्री पठाएर गरिने साइबर क्राइमजस्ता देशका पछिल्ला प्रतिनिधि आर्थिक र सामाजिक घटना वरिपरि फिल्मको कथा बगिरहन्छ ।

नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्नो महलबाट भाडाको कोठामा सङ्घर्ष गर्छन् । आफ्नो ऋण तिर्न घर बेचेर कोठामा बसेका उनी आफूलाई अरूले दिनुपर्ने उधारो रकम नदिँदा भने पटक–पटक पीडाले छटपटाउँछन् ।

घरबेटीको भूमिकामा आर्यन सिग्देल छन् । कोभिड र आर्थिक मन्दीअघिसम्म राम्रोसँग चलेको ट्राभल व्यवसाय डुबेर घर नै लिलाम हुने स्थिति कसरी सिर्जना हुन्छ र त्यसले घर परिवारमा कस्तो किसिमको असर पुगेको छ भन्ने दृश्य फिल्ममा देखाइएको छ ।

नाकाबन्दीको समयमा तरकारी तथा फलफूल व्यवसायीको पीडा फिल्ममा देखेपछि आफूले आँसु रोक्न नसकेको लमजुङबाट काठमाडौं आएर तत्कालीन समयमा फलफूल व्यवसाय सुरु गरेका अमृत बस्नेतले बताए ।

चलचित्रमा देखाइएको पीडा आफ्नै र अन्य पर्यटन व्यवसायीको कथा रहेको फिल्म हेरेपछि पर्यटन व्यवसायी एवं टानका वरिष्ठ उपाध्यक्ष सोनम शेर्पाले अनुभव साटे ।

आर्थिक र मानसिक समस्याले प्रताडित हुँदा निम्तिने घर झगडा र त्यसले बाल मनोविज्ञानमा पर्ने असर फिल्ममा चित्रण गरिएको छ ।

मिटरब्याजको ऋण लिँदा कसरी व्यवसायी मर्कामा पर्छन् र नराम्रो काम गर्न बाध्य हुन्छन् भन्ने दृश्य पनि फिल्ममा राखिएको छ ।

नायक निश्चल बस्नेत मिटरब्याज पीडितको भूमिकामा देखिएका छन् । उनले लिएको ऋण सबै तिरिसक्दा पनि मिटरब्याजी साहुले भने अझै ऋण तिर्न बाँकी रहेको भन्दै दिएको मानसिक पीडा र त्यसबाट उम्किन उनले गरेको हर्कतलाई फिल्ममा राम्रोसँग देखाइएको छ ।

सिनेमाटोग्राफर कृष्णबहादुर थापाले खिचेका दृश्य र साउन्ड इफेक्ट फिल्मका उत्कृष्ट प्राविधिक पक्ष हुन् ।

उपन्यासकार तथा कवि बुद्धिसागरको कथामा निर्माण गरिएको फिल्म करिब साढे २ घण्टाको छ । नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जन निर्माता रहेको फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : २८ बजे

एमाले बैठक : केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।