कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा  ‘के घर के डेरा : घर नम्बर २’ « Khabarhub

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा  ‘के घर के डेरा : घर नम्बर २’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा पारेको प्रभाव चित्रण गरिएको चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ हलहरूमा चलिरहेको छ ।

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह, सिर्जना नापित, प्रकाश घिमिरे लगायतले अभिनय गरेको मल्टिस्टार चलचित्रमा सम्पूर्ण घरबेटी र घर भाडामा बस्नेले आफूलाई कुनै न कुनै हिसाबमा महसुस गर्न सक्ने चलचित्रका कार्यकारी निर्माता युवराज कार्कीले बताए ।

नाकाबन्दी, कोभिड– १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, बस दुर्घटना, एक व्यवसायीले बानेश्वरमा गरेको आत्मदाह, मिटरब्याज, अश्लील सामग्री पठाएर गरिने साइबर क्राइमजस्ता देशका पछिल्ला प्रतिनिधि आर्थिक र सामाजिक घटना वरिपरि फिल्मको कथा बगिरहन्छ ।

नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्नो महलबाट भाडाको कोठामा सङ्घर्ष गर्छन् । आफ्नो ऋण तिर्न घर बेचेर कोठामा बसेका उनी आफूलाई अरूले दिनुपर्ने उधारो रकम नदिँदा भने पटक–पटक पीडाले छटपटाउँछन् ।

घरबेटीको भूमिकामा आर्यन सिग्देल छन् । कोभिड र आर्थिक मन्दीअघिसम्म राम्रोसँग चलेको ट्राभल व्यवसाय डुबेर घर नै लिलाम हुने स्थिति कसरी सिर्जना हुन्छ र त्यसले घर परिवारमा कस्तो किसिमको असर पुगेको छ भन्ने दृश्य फिल्ममा देखाइएको छ ।

नाकाबन्दीको समयमा तरकारी तथा फलफूल व्यवसायीको पीडा फिल्ममा देखेपछि आफूले आँसु रोक्न नसकेको लमजुङबाट काठमाडौं आएर तत्कालीन समयमा फलफूल व्यवसाय सुरु गरेका अमृत बस्नेतले बताए ।

चलचित्रमा देखाइएको पीडा आफ्नै र अन्य पर्यटन व्यवसायीको कथा रहेको फिल्म हेरेपछि पर्यटन व्यवसायी एवं टानका वरिष्ठ उपाध्यक्ष सोनम शेर्पाले अनुभव साटे ।

आर्थिक र मानसिक समस्याले प्रताडित हुँदा निम्तिने घर झगडा र त्यसले बाल मनोविज्ञानमा पर्ने असर फिल्ममा चित्रण गरिएको छ ।

मिटरब्याजको ऋण लिँदा कसरी व्यवसायी मर्कामा पर्छन् र नराम्रो काम गर्न बाध्य हुन्छन् भन्ने दृश्य पनि फिल्ममा राखिएको छ ।

नायक निश्चल बस्नेत मिटरब्याज पीडितको भूमिकामा देखिएका छन् । उनले लिएको ऋण सबै तिरिसक्दा पनि मिटरब्याजी साहुले भने अझै ऋण तिर्न बाँकी रहेको भन्दै दिएको मानसिक पीडा र त्यसबाट उम्किन उनले गरेको हर्कतलाई फिल्ममा राम्रोसँग देखाइएको छ ।

सिनेमाटोग्राफर कृष्णबहादुर थापाले खिचेका दृश्य र साउन्ड इफेक्ट फिल्मका उत्कृष्ट प्राविधिक पक्ष हुन् ।

उपन्यासकार तथा कवि बुद्धिसागरको कथामा निर्माण गरिएको फिल्म करिब साढे २ घण्टाको छ । नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जन निर्माता रहेको फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : २८ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु