रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक भर्चुअल रुपमा बस्नेछ ।

सर्वोच्च अदालतले शुक्रबार पार्टी सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो ।

सर्वोच्चको आदेश लगत्तै शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

रास्वपाले शनिबार नै अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । यो बैठक पनि भर्चुअल रुपमा बस्नेछ ।

यस्तै, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा