रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक भर्चुअल रुपमा बस्नेछ ।

सर्वोच्च अदालतले शुक्रबार पार्टी सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो ।

सर्वोच्चको आदेश लगत्तै शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

रास्वपाले शनिबार नै अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । यो बैठक पनि भर्चुअल रुपमा बस्नेछ ।

यस्तै, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : १५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय