‘गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै’  « Khabarhub

‘गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै’ 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेनसी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए त्यसले अवस्था अझ भयावह बनाएको छ।

गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ। युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ। इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही सुरु गरेको छ। शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ।

गुटेरेसले भने, ‘गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो।’ 

उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोध गरेका छन्। उनका अनुसार हालसम्म करिब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्।

‘अहिलेसम्मको राहत भनेकोजताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो। जब कि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ।’

विश्व खाद्य कार्यक्रमले  गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिए । ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्‍याउँदै थिए। संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ। इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ।

इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ। सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ। गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ।

गाजाको उत्तरमा रहेको अल-आव्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन्। दक्षिण गाजामा धेरै घरहरू भत्किएको र कालो धुवाँ उठिरहेको दृश्य एएफपीका पत्रकारले देखेका छन्।

यो युद्ध पुनः मार्च ५ गतेबाट सुरु भएको हो, जब इजरायलले हमासमाथि कारबाही दोहोर्‍यायो। त्यसयता गाजामा तीन हजार६७३ जना मारिएका छन्। यो युद्ध सुरु भएको कात्तिकयता गाजामा कुल ५३हजार८२२ जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन्।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १२ : ३१ बजे

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान