प्रेस युनियनले साताव्यापी रुपमा स्थापना दिवस मनाउने | Khabarhub Khabarhub

प्रेस युनियनले साताव्यापी रुपमा स्थापना दिवस मनाउने


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रुपमा स्थापना दिवस मनाउने भएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४औँ स्थापना दिवस जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका बिरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए ।

‘प्रदेश र सबै शाखाहरूमा विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ,’ महासचिव पौडेलले भने, ‘साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने तयारीमा जुटेका छौँ ।’

लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो ।

प्रेस युनियनले पत्रकारको हक, हित, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सबलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।

युनियनले वैशाखको अन्तिम साता लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १२ : ३१ बजे

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै