साताको कार्टुन : नोट र भोटमा हस्ताक्षर जुधेपछि रन्थनिएका गभर्नर « Khabarhub

साताको कार्टुन : नोट र भोटमा हस्ताक्षर जुधेपछि रन्थनिएका गभर्नर


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाली काङ्ग्रेसको कोटाबाट डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैङ्कमा १८औँ गभर्नर नियुक्त भएको आज (शनिबार) पाँच दिन भयो । जेठ ६ गते नियुक्ति पाएका उनले ७ गते नै प्रधानन्यायाधीशबाट सपथ खाएर राष्ट्र बैङ्कको नेतृत्व सम्हाले ।

नवनियुक्त गभर्नर पौडेलले कार्यभार सम्हालेकै दिन नयाँ नोट छाप्नेगरी पहिलो निर्णय गरे । ५० र १००० रुपैयाँ दरका नोट छाप्न पौडेलले निर्णय गरेका हुन्‌ ।

सबैलाई थाहै छ – ‘बैंक नोट’ अर्थात्‌ चलनचल्तीको कागजी नोटमा गभर्नरको हस्ताक्षर हुन्छ । आम नागरिकले गभर्नरलाई ‘पैसामा हस्ताक्षर गर्ने व्यक्ति’का रूपमा हेर्छन्‌ ।

पौडेलले पनि गभर्नर नियुक्त हुने चर्चा चल्नासाथ केही सञ्चारमाध्यमलाई नयाँ नोटमा रहने आफ्नो हस्ताक्षर उपलब्ध गराइसकेका थिए । विवादास्पद नियुक्ति प्रक्रिया र पृष्ठभूमिबाट गभर्नर बनेका उनै पौडेलले आफ्नो कीर्ति राखिहाल्न नोट छाप्न हतारो गरेका छन्‌ ।

नयाँ नोटमा सही गर्ने हतारोमा रहेका गभर्नर एकपछि अर्को दस्तखत गर्दैछन्‌, तर दुरुस्तै बनाउन सकिरहेका छैनन् ।

२०७९ मा नेपाली काङ्ग्रेसबाट टिकट लिएर उम्मेदवार बन्दा पनि उनले हस्ताक्षर बुझाएकै थिए । हाल गभर्नर नियुक्त भएपछि त उनको हस्ताक्षरको महत्व झनै बढ्ने भैहाल्यो ।

स्वायत्त भनिएको केन्द्रीय बैङ्कको नेतृत्व सम्हाल्न आइपुगेका गभर्नरलाई राजनीतिक हस्तक्षेपमुक्त भएर काम गर्न दबाब परेको छ । गभर्नर पनि त्यसै गर्ने प्रयासमा छन्‌, तर गभर्नरमात्रै भएर काम गर्न उनलाई चुनौती छ, कार्टुनको व्यङ्ग्य यसैमाथि हो ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : २५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी