नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा | Khabarhub Khabarhub

नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरूले गरेका योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् । 

उनले नेताहरूले छाडेर गएका बाँकी कामहरूलाई सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताए ।

राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उनले बताए । गुरुङले राजनीतिक यात्राका क्रममा कांग्रेस सभापतिले पनि धेरै उतारचढाव खेप्नुपरेको भन्दै पाँच पटक प्रधानमन्त्री बन्यो भनेर रिस गर्न नहुने धारणा राखे ।

त्यस्तै कांग्रेस नेताहरूले मुलुकलाई अघि बढाउनका लागि अग्रज नेताहरूले गरेको योगदानलाई स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  २ : ४४ बजे

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले