खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड « Khabarhub

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । 

सञ्चार तथा सूचना मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा आज पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकार भएकाहरुसँगको छलफलमा उनले आम स्रोता दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौती, राष्ट्रियहित प्रवर्द्धन गर्ने विषय विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएका बताए।    

सञ्चारमन्त्री गुरुङले भने, ‘पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन यसमा सबैको ध्यान जानुपर्दछ । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिरहेको छ । ‘सबै जनताले सूचना पाउने कुराको ग्यारेन्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ ।’

 सरकारी सञ्चारमाध्यमको विकासका लागि नयाँ ढङ्गबाट जाने योजनामा आफू रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने । मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताए। उनले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिए।

 उनले भने, ‘मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ ।’

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने  प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए। 

देशको आर्थिक विकासको महत्वपूर्ण स्रोत जलसम्पदाको भरपुर उपयोग गरी विद्युत् उत्पादन गरेर आर्थिक रुपमा सबल हुन सरकार निरन्तर क्रियाशील रहेको बताउँदै बितेका ३५ वर्षमा मुलुकका ९८ प्रतिशत जनताका घरमा बिजुली पुगेको वास्तविकता सुनाए।

सचिव राधिका अर्यालले नयाँ प्रविधिको सञ्चार तथा सूचना प्रविधि (आइसिटी)को विकासले पत्रकारिता पेसा जटिल मोडमा पुगेको बताए। 

त्यसअवसरमा सञ्चारिका समूह गण्डकीले स्थापना गरेको ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०८०’ बाट राससकर्मी जमुना शर्मालाई नगद रु २० हजार प्रदान गरिएको थियो । यसैगरी, १० हजार राशिको ‘गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्ड’ पत्रकार देवी जिसीलाई प्रदान गरिएको थियो ।  

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ३२ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि