अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित | Khabarhub Khabarhub

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

राज्य आपतकालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्विले आज बिहान पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘क्षतिको विस्तृत मूल्यांकनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिने छन् । यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबै जनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु ।’

उनले थप भपे, ‘पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौँ ।’

यसैबीच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ ।

यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी संकटमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०७ बजे

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत