अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित « Khabarhub

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

राज्य आपतकालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्विले आज बिहान पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘क्षतिको विस्तृत मूल्यांकनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिने छन् । यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबै जनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु ।’

उनले थप भपे, ‘पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौँ ।’

यसैबीच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ ।

यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी संकटमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०७ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न