देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक : प्रचण्ड  « Khabarhub

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक : प्रचण्ड 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उनले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताए । 

अध्यक्ष दाहालले भने, ‘संविधानसभाबाट संविधान बनाउँदा नै यसले स्थिरता र आर्थिक समृद्धि ठीक ढङ्गले हासिल गर्न सक्दैन भनेका थियौँ । हाल गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीयस्वरूप अर्को ढङ्गको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।’

उनले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’सहित अडान छाडेको स्मरण गरे । अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताए । 

‘देशको स्थायित्व र सुशासनका लागि माओवादीले नै पहल र रूपान्तरणको अभियान छेड्नुपर्दछ भनेर लागिपरेका छौँ । रूपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमीक्षा गर्नुहोला’, उनले भने, ‘समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको छ । समाजवादउन्मुख राज्य व्यवस्था परिकल्पना गरिए पनि संविधानमा यसबारे स्पष्टता नभएकाले यसबारे बुझाउन पनि जनतासँग सम्पर्क बढाएका छौँ ।’

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्दालाई जनताबीच लैजान आग्रह गरे । 

महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोणअनुसार निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्नका लागि सरकारलाई दबाब दिइने बताए । 
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ५१ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न