हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै | Khabarhub Khabarhub

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्न तीन सदस्यीय विज्ञ टोली काँजी हिमाल जाने भएको छ।  

गत जेठ १ गते हिमताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्यतत्थ्य पत्ता लगाउन विज्ञ टोली हुम्ला पुगेको हो । ‍ टोली आइतबार हिमपहिरो गएको स्थानतर्फ जाने नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए । सदरमुकाम सिमकोटबाट दुई दिन लगाएर तीन सदस्यीय टोली लिमी पुगेको हो ।

टोलीमा राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू-गर्भ विभागका सीडीई शिवप्रसाद बाँस्कोटा र हाईड्रोलाजिस्ट इन्जिनियर सौहार्द जोशी रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

‘टोली तील गाउँ पुगेको छ । अब पाँच हजार तीन सय मिटर उचाइको काँजी हिमालमा पुग्नेछ,’ उनले भने, ‘दुई जना स्थानीय व्यक्ति पनि जाने छन् ।’

टोली बिहीबार सदरमुकाम सिमकोट पुगेर लिमीतर्फ लागेको थियो । टोलीले गाउँको अध्ययन गरेर आइतबार काँजी हिमाल जाने योजना बनाएको हो ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : २४ बजे

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत