लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह « Khabarhub

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा भएको हिंसात्मक झडप र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै भएको प्रदर्शनपछि शनिबार लिबियामा स्थायी युद्धविरामको आह्वान गरेका छन् । 

द्वन्द्वग्रस्त उत्तर अफ्रिकी मुलुक लिबियामा भएको पछिल्लो लडाइँमो कम्तीमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

औपचारिक युद्धविराम बिना नै गत हप्ता नै झडप समाप्त भएको थियो भने लिबियाको रक्षा मन्त्रालयले यसै हप्ता युद्धविरामका लागि प्रयास जारी रहेको बताएको छ ।

शनिबार एयूको शान्ति तथा सुरक्षा परिषद्ले हालैको हिंसाको निन्दा गर्दै ‘बिनाशर्त स्थायी युद्धविराम’ को आह्वान गरेको छ ।

‘एक्स’मा जारी विज्ञप्तिमा परिषद्ले ‘समावेशी, लिबियाली नेतृत्वसँग मेलमिलाप’ गर्न आग्रह गर्दै ‘बाह्य हस्तक्षेप नगर्न अपिल’ गरेको छ । लिबियामा त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त प्रधानमन्त्री अब्दुलहामिद देबेइबाको सरकार र पूर्वमा प्रतिद्वन्द्वी प्रशासनबीच विभाजन भएको छ ।

सन् २०११ मा नेटो समर्थित विद्रोहले लामो समयदेखि नेता रहेका मुअम्बर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरेपछि देश विभाजित बनेको छ ।

देबेइबाको सरकारसँग आबद्ध समूह ४४४ ब्रिगेडले एक सशस्त्र गुटका नेताको हत्या गरेपछि यो झडप सुरु भएको थियो, जसले पछि पूर्वी त्रिपोलीका केही भाग र शहरको विमानस्थललाई नियन्त्रण गर्ने तेस्रो समूह राडा फोर्ससँग लडिरहेको छ । 

देबेइबाले ४४४ ब्रिगेडबाहेक राडा र अन्य सशस्त्र समूह भङ्ग गर्ने कार्यकारी आदेशहरूको एक शृङ्खला घोषणा गरेपछि यो कदम चालिएको हो।
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४३ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न