जमिनमुनिको पानी बचाउन योजनाबद्ध काम गर्न आवश्यक : विमलेन्द्र निधि | Khabarhub Khabarhub

जमिनमुनिको पानी बचाउन योजनाबद्ध काम गर्न आवश्यक : विमलेन्द्र निधि


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तिनै तहका सरकारबीच सहकार्य र समन्वय गरी खानेपानीसम्बन्धी विद्यमान समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्। 

नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा आयोजित कार्यशाला गोष्ठीलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले जमिनमुनिको पानीलाई बचाउन योजनाबद्ध काम गर्न आवश्यक रहेकामा जोड दिए । 

उनले प्रकृतिलाई दोहन गर्ने र पुनर्जागरण नगर्ने मानवीय गतिविधि आफ्नै लागि खतरनाक हुने उल्लेख गरे। प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता निधिले मानवले उपयोग गर्ने प्राकृतिक स्रोतसाधनको भण्डारण गर्नुपर्ने विचार व्यक्त गरे। प्रकृतिलाई दोहन गर्ने तर पुनर्भरण गरिएन भने एक दिन सबै रितिन्छ अनि के गर्ने ?, उनले प्रश्न गरे।

कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकालले वर्षाको पानी जम्मा गरेर कतिपय स्थानमा पानीको आपूर्ति भइरहेको दृष्टान्त सुनाउँदै पानीप्रति हरेक नागरिक सचेत र संवेदनशील हुन आवश्यक रहेको विचार व्यक्त गरे। उनले पानी सबैलाई चाहिने तर बचाउन कसैले ध्यान नदिने प्रवृत्ति बढिरहेकाले समस्या बढ्दै गएको बताए। 

‘हामीसँग प्राकृतिक रूपमा पानीमा प्रशस्त स्रोतहरू छन् । पानीलाई ल्याउन, प्रशोधन गर्न, शुद्ध बनाउन तथा घरघर पुर्‍याउन खर्च लाग्छ तसर्थ निःशुल्क वितरण भने तत्काल सम्भव छैन’, ढकालले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अब कमलाको पानी जनकपुरधाम ल्याउनुपर्ने बताए। कर्मचारी सङ्घका अध्यक्ष केदार धमलाले सबै मिलेर पानीको भविष्यगत योजना बनाउन आवश्यक रहेकामा जोड दिए ।

सङ्घका स्थानीय अगुवा अजयकुमारप्रसाद मिन्टुले कार्यक्रमको सहजीकरण गरेका थिए भने इञ्जिनियर शिरिषराज भण्डारी, इञ्जिनियर राकेश गोइतले मधेसको खानेपानीको अवस्था र चुनौती, संस्थानका इञ्जिनियरिङ महाशाखा प्रमुख निरण महर्जनले राष्ट्रियस्तरको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : २६ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६