जमिनमुनिको पानी बचाउन योजनाबद्ध काम गर्न आवश्यक : विमलेन्द्र निधि « Khabarhub

जमिनमुनिको पानी बचाउन योजनाबद्ध काम गर्न आवश्यक : विमलेन्द्र निधि


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तिनै तहका सरकारबीच सहकार्य र समन्वय गरी खानेपानीसम्बन्धी विद्यमान समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्। 

नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा आयोजित कार्यशाला गोष्ठीलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले जमिनमुनिको पानीलाई बचाउन योजनाबद्ध काम गर्न आवश्यक रहेकामा जोड दिए । 

उनले प्रकृतिलाई दोहन गर्ने र पुनर्जागरण नगर्ने मानवीय गतिविधि आफ्नै लागि खतरनाक हुने उल्लेख गरे। प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता निधिले मानवले उपयोग गर्ने प्राकृतिक स्रोतसाधनको भण्डारण गर्नुपर्ने विचार व्यक्त गरे। प्रकृतिलाई दोहन गर्ने तर पुनर्भरण गरिएन भने एक दिन सबै रितिन्छ अनि के गर्ने ?, उनले प्रश्न गरे।

कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकालले वर्षाको पानी जम्मा गरेर कतिपय स्थानमा पानीको आपूर्ति भइरहेको दृष्टान्त सुनाउँदै पानीप्रति हरेक नागरिक सचेत र संवेदनशील हुन आवश्यक रहेको विचार व्यक्त गरे। उनले पानी सबैलाई चाहिने तर बचाउन कसैले ध्यान नदिने प्रवृत्ति बढिरहेकाले समस्या बढ्दै गएको बताए। 

‘हामीसँग प्राकृतिक रूपमा पानीमा प्रशस्त स्रोतहरू छन् । पानीलाई ल्याउन, प्रशोधन गर्न, शुद्ध बनाउन तथा घरघर पुर्‍याउन खर्च लाग्छ तसर्थ निःशुल्क वितरण भने तत्काल सम्भव छैन’, ढकालले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अब कमलाको पानी जनकपुरधाम ल्याउनुपर्ने बताए। कर्मचारी सङ्घका अध्यक्ष केदार धमलाले सबै मिलेर पानीको भविष्यगत योजना बनाउन आवश्यक रहेकामा जोड दिए ।

सङ्घका स्थानीय अगुवा अजयकुमारप्रसाद मिन्टुले कार्यक्रमको सहजीकरण गरेका थिए भने इञ्जिनियर शिरिषराज भण्डारी, इञ्जिनियर राकेश गोइतले मधेसको खानेपानीको अवस्था र चुनौती, संस्थानका इञ्जिनियरिङ महाशाखा प्रमुख निरण महर्जनले राष्ट्रियस्तरको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : २६ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक