सीमामा चिनियाँ लडाकु विमान र युद्धपोतको गतिविधि बढ्यो : ताइवान « Khabarhub

सीमामा चिनियाँ लडाकु विमान र युद्धपोतको गतिविधि बढ्यो : ताइवान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – ताइवानले हालै चिनियाँ सैन्य गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। आइतबार ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ

मन्त्रालयका अनुसार आइतबार २१ वटा विमान र आठ युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए। १३ वटा विमानले ताइवान जलसन्धिको मध्यरेखा पार गरेर ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ। ताइवानले यी गतिविधिहरूलाई नजिकबाट निगरानी गरेको र आवश्यक जवाफी कारबाही गरेको जनाएको छ।

यसअघि ताइवानले पटकपटक आफ्नो सीमामा चीनको सैन्य गतिविधिहरू बढेको आरोप लगाउँदै आएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। यस्ता सैन्य गतिविधिहरूलाई ताइवानको स्वतन्त्रतावादी गतिविधिको जवाफमा कडा चेतावनीको रूपमा लिने गरिन्छ। ताइवान भने यस्ता कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा भएको बताउँदै आएको छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै