सलमानलाई यति धेरै स्वास्थ्य समस्या ! « Khabarhub

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा गरेका छन् ।

अतिथि बनेर ‘द ग्रेट इन्डियन कपिल शो’मा पुगेका उनले आफूलाई मस्तिष्क सम्बन्धी समस्या रहेको खुलाएका हुन् ।

उनले आफू ‘ब्रेन एनेयुरिज्म’ र ‘एभीएम’बाट ग्रसित रहेको खुलासा गरे ।

चिकीत्सकहरुका अनुसार एनेयुरिज्म हुँदा मस्तिष्कको रक्तनली असामान्य रूपमा फुल्छन् । यो अवस्थामा नसा फुट्यो भने ज्यानै पनि जान सक्छ ।

उनले आफू ‘ट्राइजेमिनल न्युराल्जिया’बाट पनि पीडित रहेको बताएका छन् । यस रोगका पीडितको अनुहारमा विद्युतीय करेन्टले जस्तै झट्का लाग्छ । जसले एकदमै पीडा दिन्छ।

सलमाने भने, ‘मेरो अनुहार दुख्दा म सुन्न र बोल्न सक्दिनँ । यस्तो पीडा सायदै कसैले सहन सक्दैन होला ।’

उनी यो रोगबाट भने सन् २०११ देखि पीडित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले आफ्नो छातीको हड्डी भाँचिएको र निरन्तर स्नायु दुखाइले पीडा भइरहने पनि सुनाएका थिए ।

आफूमा यति धेरै स्वास्थ्य समस्या भए पनि दर्शकका लागि अभिनयमा सक्रिय भइरहेको उनले बताए ।

उनले भने, ‘कहिलेकाहीँ मेरो स्वास्थ्यले साथ दिँदैन तर मनले हार मान्दैन ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ४९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा