इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा « Khabarhub

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको बताएका छन्।

नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा सामाजिक सञ्जालमा पोस्ट गरेका ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

ट्रम्पले बन्दी फुकुवाबाट युद्ध विरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने उल्लेख गरेका छन्।

इरान र इजरायलले भने युद्ध विराम भएको कुराको पुष्टि गरेका छैनन्।

राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्ध विराम भएको बताएका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : १४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना