इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ? | Khabarhub Khabarhub

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भएको घोषणा गरेका छन्। ट्रम्पको यो घोषणा सत्य भएमा दुई देशलाई युद्धको अन्त्यतर्फ लैजाने छ।

ट्रम्पको घोषणा

सबैलाई बधाई छ! इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ (झन्डै ६ घण्टापछि, जब दुबै देशले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गर्छन्!), १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ।’

आधिकारिक रूपमा इरानले युद्ध विराम सुरू गर्नेछ । १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ। त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ। युद्ध विरामको प्रत्येक चरणमा अर्को पक्ष शान्त र सम्मानजनक व्यवहार गर्नेछ।

यदि सबै कुरा योजना अनुसार चल्यो भने म दुबै देशलाई यस्तो युद्धको अन्त्य गर्न देखाएको धैर्यता, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु, जसलाई ‘१२ दिने युद्ध’ भनेर चिनिनु पर्छ।

यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस-नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन! ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् ।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ४२ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन