ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण « Khabarhub

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे पनि तेहरानमा झन् ठूला विस्फोट र बम आक्रमण भइरहेका छन्।

ट्रम्पको घोषणाबाट युद्ध अन्त्यतर्फको बाटो खोल्न सक्ने बताइरहँदा तेहरानको अवस्था निकै फरक रहेको अलजजिराले जनाएको छ। अहिले पनि इजरायली आक्रमण जारी छ। इजरायली आक्रमणविरूद्ध इरानी हवाई सुरक्षा प्रणाली सक्रिय छ। राजधानी तेहरानमा विस्फोटका आवाज लगातार सुनिएका छन्।

डोनाल्ड ट्रम्पको पछिल्लो वक्तव्यमा तेहरानबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर इरानी वरिष्ठ नेताहरूले अघिल्लो दिनमा दिएको अभिव्यक्ति हेर्दा उनीहरू ‘थोपरिएको शान्ति’स्वीकार्य नहुने बताइरहेका थिए।

केही दिनअघि सर्वोच्च नेता आयतोल्ला अली खामेनीबाट आएको भिडियो सन्देशमा स्पष्टसँग भनिएको छ, हामी ‘थोपरिएको शान्ति’ स्वीकार गर्नेछैनौं’, भनिएको थियो।

अमेरिकी राष्ट्रपतिको वक्तव्यलाई ‘सम्झौतायुक्त शान्ति’ मान्ने कि ‘थोपरिएको शान्ति’? यसको जवाफ अहिलेसम्म तेहरानले दिइसकेको छैन।

तेहरानमा इजरायली आक्रमणका प्रतिकारस्वरूप इरानले एयर डिफेन्स सिस्टम सक्रिय पारेको छ।

तासनीम समाचार एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इजरायली विमानद्वारा गरिएका आक्रमणको सामना गर्न इरानले हवाई सुरक्षा प्रणाली प्रयोग गरिरहेको छ।’

हमशाह्री समाचार संस्थाका अनुसार तेहरानको पश्चिमी र केन्द्रीय भाग र कारज उपनगरमा समेत ठूलो विस्फोटका आवाज सुनिएका छन्।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै