इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’ | Khabarhub Khabarhub

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने जवाफ इरानले दिएको छ।

इरानका विदेश मन्त्री अब्बास अराघ्चीले अहिलेसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। तर यदि इजरायलले ४ बजे बिहान (तेहरान समय अनुसार) भित्र आफ्नो ‘गैरकानुनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका छन्।

‘इजरायली शासनले यदि इरानी जनतामाथिको गैरकानुनी आक्रमण ४ बजे बिहानभित्र रोकेको खण्डमा हामीले आक्रमण जारी राख्ने कुनै मनसाय छैन’, उनले भने।

उनले त्यसपछि आफूहरूको हाम्रो सैन्य अभियानको अन्तिम निर्णय लिइने पनि बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच १२ दिने युद्ध अन्त्यका लागि युद्ध विराममा सहमति भएको दाबी गरेका थिए। उनले यो सहमति २४ घण्टामा चरणबद्ध रूपमा लागू हुने भनेका थिए।

तर तेहरानबाट आएको इरानी धारणा ट्रम्पको भनाइसँग पूरै मेल खाँदैन।अहिले इरानको राजधानी तेहरानमा इरानीले कतारस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणपछि उत्सव मनाइरहेका छन्।

उता इराकको बालाद सैन्य अड्डामा आक्रमण भएको पुष्टि भएको छ। यो अड्डा बग्दाददेखि करिब १०० किलोमिटर उत्तरमा पर्ने सालाहुद्दिन प्रान्तमा छ।

इरानको तासनीम समाचार एजेन्सीका अनुसार दुईवटा विस्फोटको आवाज सुनिएको थियो। हालसम्म मानव क्षति वा क्षतिको विवरण खुलाइएको छैन।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इजरायललाई दण्ड दिन गरिएको सैन्य कारबाही अन्तिम क्षण (बिहान ४ बजेसम्म) निरन्तर जारी रहेको बताएका छन्।

‘सबै इरानीहरूको तर्फबाट हाम्रा वीर सैनिकहरूलाई धन्यवाद दिन्छु। जसले आफ्ना रगतको अन्तिम थोपासम्म देशको रक्षा गर्न तयार भए। दुश्मनको हरेक आक्रमणको उनीहरूले अन्तिम क्षणसम्म जवाफ दिएका छन्’, उनले वक्तव्यमा भनेका छन्।

यसअघि अराघ्चीले औपचारिक युद्धविराम सम्झौता नभएको बताउँदै यदि इजरायलले तेहरान समयअनुसार बिहान ४ बजेसम्म ‘आक्रमण रोकेमा इरानले पनि प्रत्याक्रमण रोक्ने बताएका थिए।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : १७ बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध