यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो « Khabarhub

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए। १० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन्। उनको बलिङमा तीन मेडन समेटिएको छ।

जापानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन शर्मा र अभय यादवले दुईदुई विकेट हात पार्दा सुशील बहादुर रावलले एक विकेट हात पारे।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र ग्याबी हाराहिन्जे १३ रन बनाए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ३४.३ बलमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटिएको हो।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङ गरेको हो।

पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले भुटानलाई हराएका थिए।

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

जापानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ५८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२