संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ « Khabarhub

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् । 

‘तत्काल गर्नुपर्ने केही सुधारका कामहरू अगाडि बढाएका छौँ । तर, ती मात्रै पर्याप्त नहुन सक्छन्,’ गृहमन्त्री लेखकले भने, ‘समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर ती समस्याहरूलाई समाधान गर्ने, अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी समिति गठन गरिएको छ ।’ 

उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए । 

‘यो समितिले हाम्रो अध्यागमनका समग्र विषयमा देखा परेका समस्या समाधान हुन सक्ने गरी सुझाव प्रतिवेदन पेश हुने छ,’ उनले भने, ‘र, त्यसअनुरूप हामी अगाडि बढ्ने छौँ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको पनि बताए । गत जेठ ३० गते प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति भए पछि संसद्को गतिरोध अन्त्य गरेको थियो । 

माओवादी केन्द्रसँग भएको सहमतिअनुसार नै सरकारले सोमबार पूर्वमुख्य सचिव बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।   

यस्ता थिए सहमतिका दुई बुँदा :
– भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

– अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।
 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै