गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ? | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण

गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको समितिले भिजिट भिसा प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले उपलब्ध गराएको समयमा बोल्दै उनले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने बताएका हुन् । 

‘शंकरदाश बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ,’ सांसद वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयम् सक्षम निकायमा भएको व्यक्तिहरू राडारमा हुनुहुन्छ । सक्षम निकायमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’ 

उनले गृहमन्त्री रमेश लेखक स्वयम् सन्देहको घेरामा रहेका र भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकिएको समेत जिकिर गरे । 

‘यहाँ गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ । परोक्ष संलग्नता उहाँको देखिसकेको छ । प्रत्यक्ष संरक्षण देखिसकेको छ,’ वाग्लेले भने, ‘गृहमन्त्रीले गर्वका साथ मेरै प्रस्तावमा यो कमिटी गठन भएको हो भन्नुभयो । अब के आरोपीले नै आफैँ अनुसन्धान अधिकृत छान्दै जाने हो ?’

रास्वपा सांसद वाग्लेभन्दा अघि संसद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको बताएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ३१ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी