गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ? « Khabarhub

भिजिट भिसा प्रकरण

गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको समितिले भिजिट भिसा प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले उपलब्ध गराएको समयमा बोल्दै उनले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने बताएका हुन् । 

‘शंकरदाश बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ,’ सांसद वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयम् सक्षम निकायमा भएको व्यक्तिहरू राडारमा हुनुहुन्छ । सक्षम निकायमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’ 

उनले गृहमन्त्री रमेश लेखक स्वयम् सन्देहको घेरामा रहेका र भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकिएको समेत जिकिर गरे । 

‘यहाँ गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ । परोक्ष संलग्नता उहाँको देखिसकेको छ । प्रत्यक्ष संरक्षण देखिसकेको छ,’ वाग्लेले भने, ‘गृहमन्त्रीले गर्वका साथ मेरै प्रस्तावमा यो कमिटी गठन भएको हो भन्नुभयो । अब के आरोपीले नै आफैँ अनुसन्धान अधिकृत छान्दै जाने हो ?’

रास्वपा सांसद वाग्लेभन्दा अघि संसद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको बताएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ३१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै