‘लालीबजार’को पोस्टर : गर्भवती स्वस्तिमाले पोते र सिन्दुर नलगाउनुको अर्थ के ? « Khabarhub

‘लालीबजार’को पोस्टर : गर्भवती स्वस्तिमाले पोते र सिन्दुर नलगाउनुको अर्थ के ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को नयाँ फिल्म ‘लालीबजार’ ल्याउने तयारीमा छ । निर्माण पक्षले मंगलबार उक्त फिल्मको एक पोस्टर सार्वजनिक गरी फिल्मबारे थप जानकारी गराएको छ ।

पोस्टरले फिल्ममा नायिका स्वस्तिमा खड्का प्रवेश भएको जानकारी दिन्छ । उनको चरित्र खुल्ने गरी निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो ।

उक्त पोस्टरमा उनी गर्भवती महिलाको चरित्रमा देख्न सकिन्छ । तर, स्वतस्तिमा सिउदोमा सिन्दुर र गलामा पोते छैन । उनले राम्रै श्रृङ्गार गरेकी छिन् । यसले उनको भूमिमा सामान्य नरहेको संकेत गर्छ ।

स्वस्तिमा पनि फरक भूमिका प्रस्तुत हुन पाइने भएकाले यो फिल्मका लागि तयार भएको बताउँछिन् । भन्छिन्, ‘मेरा अघिल्ला फिल्मभन्दा फरक भूमिकामा दर्शकले देख्न पाउनुहुनेछ । यो पात्र निर्वाह गर्न म उत्साहित छु ।’

निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति पनि फागुन १ लाई तोकेको छ । फिल्मका अन्य कलाकारहरु भने सार्वजनिक भएका छैनन् ।

यम थापाको लेखन र निर्देशनमा यो फिल्म बन्ने बताइएको छ । निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री हुन् । कार्यकारी निर्माताको जिम्मेवारीमा प्रदीप भट्टराई छन् । दशैंलगत्तै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ४० बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६