विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन  « Khabarhub

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वर्षाजन्य विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन् ।

विपद्को भयावह स्थिति आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधिहरूसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघ संस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिवहरूलाई निर्देशन दिए ।

बैठकमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित सुरक्षा निकायमा प्रमुख र साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी, युएनडिपी र डब्लुएफपीका प्रतिनिधिहरूले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति गरिएको प्रयास र अबको पूर्व तयारीको अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायु परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताईएको छ । वर्षाबाट कैलाली, कञ्चनपुर डोटी, डोटी,  र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र बाजुरा जिल्ला बढी प्रभावित हुने प्रक्षेपण गरिएको विवरण प्रस्तुत गरिएको थियो ।  

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्की,  प्रदेश प्रमुख सचिव डा। कमल प्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव, डा. वीरेन्द्र कुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायब प्रहरी महानिरीक्षक, डम्बर बहादुर वि.क लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ३६ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र