विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन  | Khabarhub Khabarhub

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वर्षाजन्य विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन् ।

विपद्को भयावह स्थिति आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधिहरूसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघ संस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिवहरूलाई निर्देशन दिए ।

बैठकमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित सुरक्षा निकायमा प्रमुख र साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी, युएनडिपी र डब्लुएफपीका प्रतिनिधिहरूले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति गरिएको प्रयास र अबको पूर्व तयारीको अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायु परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताईएको छ । वर्षाबाट कैलाली, कञ्चनपुर डोटी, डोटी,  र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र बाजुरा जिल्ला बढी प्रभावित हुने प्रक्षेपण गरिएको विवरण प्रस्तुत गरिएको थियो ।  

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्की,  प्रदेश प्रमुख सचिव डा। कमल प्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव, डा. वीरेन्द्र कुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायब प्रहरी महानिरीक्षक, डम्बर बहादुर वि.क लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ३६ बजे

गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम

इरानमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।  मंगलबार

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे