छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन | Khabarhub Khabarhub

छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका दुवै प्रतिपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन समितिमाथि नै प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रिपरिषद् बैठकबाट सोमबार गठन भएको पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समितिमाथि नै प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका कसैको निगाहमा सोमबार गठित समितिले भिजिट भिसा प्रकरणमा न्याय गर्न नसक्ने आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने टिप्पणी गरे ।

‘शंकरदास बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको ‘गुड बुक्स’मा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ,’ उनले भने, ‘उहाँले यो जिम्मेवारी लिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयम् सक्षम निकायमा भएको व्यक्तिहरू राडारमा हुनुहुन्छ । सक्षम निकायमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्व मुख्य सचिव बैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति निगाहमा बनेको टिप्पणी गरे ।

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ संसद् बैठकमा उनले भने, ‘जसका उपर छानबनि गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’

रास्वपा र राप्रपाले छानबनि समिति अस्वीकार गर्दै मंगलबारको बैठक बहिष्कार गरेका छन् । उनीहरू गत जेठ १३ गतेदेखि लगातार गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ५० बजे

नाइटोमा तेल हाल्दा हुनेछ पेट सफा, महिनावारी समस्या चट

काठमाडौं– आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

नेपालगञ्ज उपमहानगरद्वारा नीति, कार्यक्रम प्रस्तुत

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ

इरानी विश्लेषकको नजरमा अमेरिका–इजरायल असफल : न आणविक कार्यक्रम नष्ट गरे न त खमेनाईलाई हटाउन सके

तेहरान- इरानको तेहरानस्थित सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका अनुसन्धानकर्ता

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य घट्यो

एजेन्सी – इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद