विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले | Khabarhub Khabarhub

विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । 

सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । 

यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु  आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज माध्याह्न १२ बजेका लागि तय गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो । जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । कतारबाट काठमाडौँ आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौँ आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ ।

महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने विश्वास व्यक्त गरे। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । उनीहरूलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए । नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ५० बजे

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

नवलपरासी– यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१–०८२