श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।

ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्त्वपूर्ण भएको उल्लेख गरे ।

‘घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,’ उनले स्पष्ट पारे । 

अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भने, ‘हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौँ । अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौँ ।’

जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भने, ‘जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन ।’

कार्यक्रममा उनले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ०६ बजे

रवि मोहनले दायर गरे निर्माता कम्पनीविरुद्ध ९ करोडको मुद्दा  

काठमाडौं– साउथ फिल्मका चर्चित अभिनेता रवि मोहनले बिहीबार निर्माता कम्पनी

१३८ अङ्कको उछालसहित करिब ६० अर्बको कारोबार

काठमाडौं– मौद्रिक नीतिपछि आएको शेयर बजारमा उछाल आएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

पाल्पा– पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ ।

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना : ९५ जनाको मृत्यु

झापा– झापामा आर्थिक वर्ष २०८१–८२ को एक वर्षमा एक हजार

६१ लाख पारिश्रमिक काण्डले फिल्मलाई ब्याक फायर, प्रदीपलाई किन ‘प्रोत्साहन अवार्ड’ ?

हेडलाइन…राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्मकर्मीहरुको असन्तुष्टि, महिला कलाकारलाई प्रोत्साहन नगरेको नायिका